भारतमा कोरोना सङ्क्रमणमा पुन : वृद्धि

उज्यालो प्रतिनिधि २० श्रावण २०७९, शुक्रबार विश्व

काठमाडौँ । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।

 

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ । देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी २१ हजार पाँच सय ९५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार छ सय २४ पुगेको छ ।

हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार छ सय जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार