मतदाता नामावली सङ्कलन कार्य स्थगित

उज्यालो प्रतिनिधि २० श्रावण २०७९, शुक्रबार समाचार

बैतडी । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली सङ्कलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताए ।

मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्क अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उनले भने, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, रुजु सम्पन्नपछि आयोगमा पठाउछौँ, त्यसपछि मतदाताको एकिन सङ्ख्या आउँछ ।” स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नामावली सङ्कलनको काम नियमित रुपमा भइरहेको थियो । बैतडीका हालसम्म एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा एक लाख ४८ हजार ६०६ मतदाता रहेकामा त्यसपछि थप तीन हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशी जानकारी दिए ।

सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । मताधिकारका लागि भने फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका साथै १८ वर्ष पूरा भएको हुनुपर्दछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाइएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने निर्वाचन कार्यालयले जनाएको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा बैतडी उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरिमै उत्कृष्ट १० भित्र परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरिका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हेर्दा बैतडी १० औँ नम्बरमा पर्न सफल भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच आव २०७८÷७९ का लागि भएको कार्य सम्पादन सम्झौता कार्यान्वयनका सम्बन्धमा मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार बैतडी १०औँ नम्बरमा परेको हो । जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । दुई वर्ष अगाडी बैतडी १२औँ नम्बरमा थियो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दा फर्छ्यौटलगायत आधारमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उत्कृष्ट १० भित्र अटाएपछि उनले जिल्ला सुरक्षा समिति परिवार, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सरकारी कार्यालय, स्थानीय तह, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मीलगायत सरोकारवाला सबैलाई धन्यवाद दिए। कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरिको पहिलो नम्बरमा रहेको छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १० भित्र अटाउन सफल भएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार