मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन

उज्यालो प्रतिनिधि २० श्रावण २०७९, शुक्रबार समाचार

बनियानी । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ रू १९ करोड ३३ लाख ७८ हजार २४३ राजस्व सङ्कलन गरेको थियो ।

प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी रू ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी रू तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताए ।कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार