सडक अवरुद्ध भएको दुइ महिना अझै सञ्चालन भएन, नेपाल–भारत सीमावर्ती सडक

शिवु खनाल २० श्रावण २०७९, शुक्रबार उज्यालो फोकस

देउखुरी ।  पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै गएको नेपाल–भारत दाङको सीमावर्ती सडक अझै सञ्चालनमा आएको छैन । असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका नाका, वडा नम्बर ६ खांग्रनाका र वडा नम्बर ७ सुनपत्थरीनाका जोड्ने सडक अन्तर्गत पर्ने बाटाहरु दुई महिनासम्म सञ्चालन नभएपछि स्थानीयवासीले आवागमनमा निकै सास्ती खेप्नुपरेको छ ।

No description available.

उनिहरुलाई अहिले आफ्नै भूमि नेपाल आउन पनि भारतीय भूमी प्रयोग गर्नु परेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी पूर्णबहादुर झाक्रीँले दुई महिनादेखि सो सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनुपरेको बताए। उनले भने,–। ‘सीमावर्ती क्षेत्र जोड्ने सडकहरु सञ्चालन भएका बेला भारतीय बजार क्षेत्रमा रहेका पसलेहरुले पनि नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य सामग्री सस्तो मूल्यमा दिन्थे, सडक अवरुद्ध भइ अहिले गाउँपालिका केन्द्रमै रोकिन थालेपछि ती सामग्रीको निकै चर्को मूल्य पर्ने गरेको छ ।’ अवरुद्ध सडक खुलाउन गाउँपालिकालाई जति ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरेको पाइएको छ ।

यता राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले वर्षा नरोकिएकाले स्काभेटरलाई पनि सडकको पहिरो पन्छाउन निकै समस्या भएको बताउनुभयो । सीमावर्ती क्षेत्रका स्थानीय नाकाबासीहरुले सीमावर्ती क्षेत्र जोड्ने अवरुद्ध भएको सडक सडकमा रहेको पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न आग्रह गर्दै आएका छन् । सडक सञ्चालन गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षाका कारण सडकको तल र माथि दुवैतिरबाट पहिरो झर्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको बताए । उनले भने,–। ‘गत जेठ र असारमा डोजरको निरन्तरताले ट्याक्टरलगायतका सवारी केही दिन गाउँपालिका केन्द्र र देउखुरीसम्म सञ्चालन भए पनि असार र साउन महिनामा फेरि ती साधन सीमावर्ती सडकअन्तर्गत पर्ने विभिन्न बाटाघाटाहरु रोकिँदै आएका छन् । पहिरोले अवरुद्ध बनेको सडकलाई डोजरले गत असारदेखिनै हटाउन थालेको भएपनि लगातार पानी पर्दै गएका कारण फेरि सडक सञ्चालन गर्न अझै केही समय लाग्ने बताए ।

No description available.

सवारीसाधन सञ्चालन नहुँदा माथिल्लो क्षेत्र राजपुर गाउँपालिका वडा नम्बर ७ स्याउले, भैसाहीँनाकाको सिमगजमरी, सनपत्थरीनाकाको भित्रीखोला गाउँ, खिट्कीनाका, सुकैयानाका, स्थानीयलाई बर्खाको समय खाद्यान्न सङ्कट हुने सम्भावना छ । पहुँच र पैसावालाका लागि बर्खा लाग्नुभन्दा अगाडि केही सहज बनाएको भए पनि आर्थिक अवस्था कमजोर हुनेका लागि भने बर्खाको समय सधैँ यो पीडा भोग्दै आउनुपरेको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी टंकबहादुर किले बताए ।

ग्रामीण सडकमा सास्तीपूर्ण यात्रा

राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी प्रमोद घर्ती आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ । कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ । चालक घर्ती भन्नुभहुन्छ,–। ‘कहाँ पुग्दा सवारी सधान फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो ।’ उनले मात्र होइन, नेपाल–भारत दाङको सीमावर्ती क्षेत्र जोड्ने सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ । सवारी सधान फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ । नेपाल–भारत दाङको सीमावर्ती क्षेत्र जोड्ने जंग्रहवा देदि खांग्रना, बेला हुदैँ पटौलीनाका र गाउँपालिका केन्द्र हुदैँ सुनपत्थरी लगायतका सडक निर्माण गर्न थालिएको छ दशक भइसकेको छ । संघ, प्रदेश र स्थानीय सरकारको करोडौ रुपियाँमा सडक निर्माणको ठेक्का लागेर काम पनि भइरहेको छ । तर उक्त सडक दिनप्रतिदिन जिर्ण बन्दै गइरहेको छ ।
प्रत्येक वर्ष उक्त सडकमा धमाधम काम गरिरहे पनि निरन्तरको वर्षाले सडकको बेहाल छ । आफ्नै भूमी हुदैँ गाउँपालिका पुगिने सडकमा यातायात पूर्णरुपमा ठप्प भएको छ, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी पूर्णबहादुर रोकाले भने,–। ‘कार्यालयको काम गर्न र बिरामी परेको खण्डमा सबैभन्दा बढी समस्या हुने गरेको छ । समयमा राम्रोसंग काम नगर्दा समस्याग्रस्त बनेको हो ।’

अधिकांश नाकाको सडक अवरुद्ध

बर्खासुरु भएसँगै पालिकादेखि नाका गाउँबस्ती जोडेका सडक अवरुद्ध भएका छन् । जमिन कमजोर हुनेगरी डोजरले खनेका सडकमा बर्खामा पहिरो गएपछि अवरुद्ध भएका हुन् । स्थानीय सरकारले करोडौँ रुपियाँ खर्च गरी निर्माण गरेका सडक बर्खाको भलले छियाछिया बनाउँदा अवरुद्ध भएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कनबिनै खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार