गोदावरीमा रेबिजको नि : शुल्क भ्याक्सिन

ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ। कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो।

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नम्बर १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए।

‘नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हौं’, उनले बताए। सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले जानकारी दिए।

स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।

यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो। कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र सातौं दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार