भक्तपुरका आठ मतदान स्थल परिवर्तन

उज्यालो प्रतिनिधि २० श्रावण २०७९, शुक्रबार बागमती

भक्तपुर । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।

कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् ।

कार्यदलले भक्तपुर नगरपालिका–२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः, वडा नं ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश (खँचा पोखरीसँगै) र वडा नं ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने निर्णय गरेको बिसीले बताए ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–१ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नं ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नं ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभुत विद्यालय र वडा नं ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल शहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ ।

भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ । यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको बिसीले बताए । मध्यपुरथिमि–४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ । भक्तपुरमा २१९ मतदान केन्द्र रहेका छन् । कार्यदलले भक्तपुरका ३३ मतदान स्थलको नाम र ठेगानामा भएको त्रुटी सच्याएर नयाँ कायम गरेको छ । त्रुटी सच्याएका मतदान स्थलमा भक्तपुर नगरपालिकाको एक, चाँगुनारायण नगरपालिकाका ६, सूर्यविनायक नगरपालिकाका २२ र मध्यपुरथिमि नगरपालिकाका चार छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार