कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

उज्यालो प्रतिनिधि १९ श्रावण २०७९, बिहीबार विश्व

काठमाडौँ । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०।१२ प्रतिशत रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार