नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइन पुग्ने नेपालको सम्भावना कायम

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार खेल

काठमाडौँ । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ ।

नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल आज भएको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स १ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिसकेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ६३औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले एक गोल गर्दै बङ्गलादेशलाई सुरुआत अग्रता दिलाए ।

बङ्गलादेशको १ शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६८औँ मिनेटमा नीरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार