‘घाम लागे धुलै–धुलो, पानी परे हिलै–हिलो’ : मिर्चैया नगरपालिका स्मार्ट सिटी

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार समाचार

रामनारायण ठाकुर
सिरहा ।  मधेश प्रदेशको विकाश र समृद्धिसँग जोडिएको पुर्वपश्चिम महेन्द्र राजमार्गको अवस्था खराव हुँदै गएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित खानेपानी तथा ढलनिकास आयोजनाले झन व्यापारीको साथौ यात्रुलाई आवतजावत गर्न समस्या भईरहेको छ । आयोजनाको हालसम्मको प्रगति हेर्दा काम समयमै सम्पन्न नहुने देखिएको छ। निर्माण कार्यमा ढिलाई हुदा सर्वसाधारणलाई हिडडुल गर्न सास्ती भएको छ। राजमार्गसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट्टै भएको छ।

No description available.

राजमार्गमा भएको हिलोपानीले ग्राहकलाई आवतजावत गर्न असहज भएपछि व्यापार व्यावसाय चौपट भएको व्यापारीहरुको भनाई छन् । ’व्यापार चौपट भयो, ग्राहक छैनन, गर्मीमा धुरै धुलो हुन्छ, अहिले पानी परे हिलै हिलो हुन्छ ।’ व्यवसायीहरुको भनाई छ । स्थानीय व्यापारीले भने, कसरी व्यापार गर्नु रु विहान पसलमा राखेको सामान साझँ पुरानो भई हाल्छ।’

सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासिन्दाले वर्षौदेखि धुलो र हिलो खेप्नुपरेको परेको छ। सिरहा जिल्लाकै प्रमुख व्यापारिक केन्द्र मानिएको मिर्चैयामा राजमार्गको अवस्था जरजर भएकाले आवतजावतमा समेत समस्या भएको छ । यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकल लगायत दैनिक हजारौं सवारीसाधन गुड्छ्न् । गाडी चलाउन निकै समस्यम हुने गरेको यात्रुहरुको भनाई छ । ‘गाडीको जाम हुन्छ, कुन ठाउ खाल्डो छ, ढुङगा छन भन्ने थाहा नै हुदैछ ।’ उनीहरूले भने, ‘सडक निर्माण कार्य चाडो सम्पन्न भए सडकमा निर्धक्क भएर गाडी चलाउने रहर छ।’

No description available.

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कोशी देखि कमलासम्म चारलेनको सड्क निर्माण भईरहेकोले अहिले ठाँउ – ठाउँमा खल्डा–खुल्डी हुँदा आवतजावतमा समेत समस्या भईरहेको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्मार्ट सिटी अन्तर्गत परेपनी कुनै काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । चुनावमा भोट माग्न आउँदा मिर्चैयालाई हिलो र धुलो मुक्त बनाउने बाचा गरेकाहरु अहिले मौन रहेका छन् । चुनाव जितेका जनप्रतिनिधिहरुले बिकास निर्माणमा उदासीनता देखाउदा जनतालाई दुःख खेप्नु परेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार