अनियमित विद्युत् कटौतीले हैरानी

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार समाचार

बैतडी । अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ । पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो । विद्युत्सेवा अनियमितताले हैरानीका साथै व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । गएको एक महिनादेखि विद्युत् सेवा अनियमित हुँदा हजारौँ उपभोक्ता मारमा परेका छन् ।

विद्युत् सेवा अनियमत हुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताउनुभयो । बेला बेलामा आउने जाने हुने गरेको छ उनले भने,“यसले गर्दा उपकरण बिग्रने गरेका छन् । ।” विद्युत् सेवा अनियमित हुँदा मिल सञ्चालक, कम्प्युटर, इलेक्ट्रोनिक पसललाई, विद्युत्बाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ ।

बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामग्री बिग्रीने गरेको बताएका छन् ।

विद्युत् सेवा अनियमित हुँदा होटेल व्यवसाय, स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज वीर सिंह भाटका अनुसार भ्याक्सिन २४ सै घण्टा राख्न चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको बताउनुभयो । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले वर्षा, हावाहुरी र चट्याङका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत् सेवा अनियमित भएको जनाएको छ ।

पुरानो लाइन भएका कारण वर्षातको समयमा समस्या आइरहेको र विद्युत् सेवा नियमित गर्नका लागि प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । वर्षात्का कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्या आउँदा विद्युत् सेवा अनियमित हुने गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार