खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार समाचार

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित हुनुभएको छ । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरे।

कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको विजेता समूहले रु छ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उपविजेता समूहले रु चार लाख, तृतीय हुन सफल दुई समूहले रु डेढ–डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई रु १० हजार प्रदान गरिएको थियो । पाँच दिनसम्म पोखराको सभागृहमा चलेको प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौँ र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको थियोे । यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी रहनुभएको थियो ।

लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । विसं २००३ साउन १२ गते पोखरामा जन्मिएका शेरचनको विसं २०६७ माघ २४ गते निधन भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार