पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

उज्यालो प्रतिनिधि १६ श्रावण २०७९, सोमबार समाचार

वीरगञ्ज ।   जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

रु पाँचमै खाना

पर्साको वीरगञ्ज बजारमा“घरको खाना सबैको चाहना” भन्ने नारासहित पाँच रुपैयांमा खाना उपलब्ध गराउन थालिएको छ । ‘फोर जिआर’ नामक संस्थाले दैनिक गुजारा गरेर खाने समुदायलाई लक्षित गरी रु पाँच रुपैयामा खाना खुवाउने अभियानको थालनी गरेको हो ।

अहिलेका लागि सातामा एक दिन उक्त समुदायलाई लक्षित गरी अभियान थालिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताए । घण्टाघर छेउको पार्क अगाडि स्टल राखेर खाना उपलब्ध गराउन थालिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार