चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने

उज्यालो प्रतिनिधि १५ श्रावण २०७९, आईतवार समाचार

काठमाडौँ ।  चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

 

नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पुर्याउने छन् ।”

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उनले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलाइसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिए । पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ । साथै अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

‘डायलाइसिस सेवा’ले मिर्गौलाका बिरामीलाई थप सहज हुने उनले बताए । नगर प्रमुख गिरीले भने “स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरूपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ । ” कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार