मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी

उज्यालो प्रतिनिधि १४ श्रावण २०७९, शनिबार फोटो समाचार

काठमाडौँ ।  सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।

 

मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुने बताउँदै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि केही दिनभित्रै मिति घोषणा हुने बताए। आगामी मङ्सिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको छ,नेपाल प्रेस युनियनको नयाँ कार्यक्रम समितिको पद हस्तान्तरण कार्यक्रममा प्रवक्ता महतले भने, सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्नेछ। आजको नागरिक दैनिकमा समाचार छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार