लमजुङका किसानलाई कोदो रोप्ने चटारो

उज्यालो प्रतिनिधि १३ श्रावण २०७९, शुक्रबार समाचार

लमजुङ ।  यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो ।

कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र मकै टिपी भित्र्याइ सकेका बारीमा उपल्लो भेगका किसान कोदो रोपिरहेका छन् ।” जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपिसकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले कोदो रोप्नलाई समयमै किसानले समय पाएका छन् । दोर्दी वडा नं ५ पाचोककी सीता गुरुङले भन्नुभयो, “धान रोपेर सकायौँ, अहिले कोदो रोप्न थालेका छौँ ।” यहाँका बासिन्दाले असारमै धान रोपिसकेर अहिले कोदो रोप्न थालेको उनको भनाइ छ ।

त्यस्तै पाचोकस्थित सिमरुङगाउँका ४१ वर्षीय कुमार तामाङले साउनको पहिलो हप्ताबाट कोदो रोप्न सुरु गरेको बताए । खेतीपातीको समय भएकाले रोपाइँ सकिना साथ कोदो रोप्न व्यस्त भइरहेको उनको भनाइ छ । यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङ पनि केही दिनअघिबाट कोदो रोप्न बारीमा व्यस्त हुँदै आउनुभएको छ । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको छ”, उनले भने ।

बेँसीसहर नगरपालिका–२ चिसोपानीका हिरासिंह गुरुङले बर्सेनि करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बताए ।

जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब छ हजार उक सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार