चितुवाको छालासहित दुई जना पक्राउ

उज्यालो प्रतिनिधि १२ श्रावण २०७९, बिहीबार समाचार

महेन्द्रनगर ।  कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिकास्थित देखतभुलीबाट प्रहरीले चितुवाको छालासहित बुधबार साँझ कुखुरा फार्ममा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र सोही ठाउँका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले चितुवाको आलो छालासहित पक्राउ गरिएको बताउनुभयो । आठ फिट आठ इन्च लम्बाइ र तीन फिट चौडाइ भएको एउटा छाला तथा सात फिट दुई इन्च लम्बाइ तथा दुई फिट आठ इन्च चौडाइ भएको अर्को छाला गरी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले छालासहित दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार