बैतडीमा राहदानी र नागरिकता बनाउनेका सङ्ख्याम बृद्धि

उज्यालो प्रतिनिधि १२ श्रावण २०७९, बिहीबार समाचार

बैतडी ।  बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् ।

यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उनले बताए। यसका साथै गत वर्ष पाँच हजार १७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच गत वर्ष प्रशासनबाट ६२२ जनालाई राहदानी वितरण गरिएको छ । यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा यहाँका ३९२ लाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार