बैतडी : विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

उज्यालो प्रतिनिधि ११ श्रावण २०७९, बुधबार मुख्य नेटवर्क

बैतडी । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार