अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

उज्यालो प्रतिनिधि १० श्रावण २०७९, मंगलवार कर्णाली प्रदेश

काठमाडौँ । पहिराका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको पचालझरना गाउँपालिका–४ जाँफेबगरमा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो । यस्तै खाँडाचक्र नगरपालिका–२ जतेबजारमा समेत पहिरो गएको थियो ।

पूर्ण रुपमा अवरुद्ध भएको उक्त करिडोर गाउँपालिकासँग समन्वय गरेर प्रहरीले सञ्चालन गरेको थियो । यस्तै कर्णाली राजमार्गको जितबजार नजिकै गएको पहिरो पन्छाएर अहिले यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

वर्षाका कारण जुनसुकै बेला पनि पहिरो आउने सम्भावना रहेकाले सडक डिभिजन कार्यालयले राजमार्गको ठाउँठाउँमा टोली परिचालन गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार