काठमाडौं । संविधान दिवसको अवसरमा संविधान दिवस मनाउन विदा दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान दिवस दिन टुँडिखेल र दरबार क्षेत्रमा कन्सर्ट गर्ने योजना गरहेको जनकारी दिएका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको उपसमितिको बैठकमा मन्त्री बाँस्कोटाले बाँस्कोटाले युवाहरूलाई लक्ष्य गरी टुँडिखेल र दरबार क्षेत्र जस्ता ठाउँमा कन्सर्ट गर्ने पनि योजना सुनाए । कार्यक्रम सिफारिस गरौँ। युवाहरूलाई टुडिँखेल, दरबार स्क्वायरमा कन्सर्ट गर्न सकिन्छु, उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन भएको हो । घुम्न वा अरु कुनै रमाइलोका लागि बिदा नदिइएको प्रष्ट पारे । मान्छेको ध्यान आकर्षित हुने गरी दिवसको प्रचार गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा–सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’
उनले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । तर प्लाष्टिकको झण्डा बनाउन नपाइने, टिसर्टमा प्रिन्ट गरी लगाउन नपाइने, र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।