डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

उज्यालो प्रतिनिधि ८ श्रावण २०७९, आईतवार विश्व

काठमाडौँ ।  योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् ।

 

आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।

म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् ।

अमेरिकामा यतिबेला तातो हावाको कहर रहेको छ । मारिपोसामा शनिबार तापक्रम ३५।५ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम केही दिनसम्म जारी रहने बताइएको छ ।
बीबीसी

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार