चित्रकार डा भौकाजीको निधन

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार समाचार

काठमाडौँ ।  चित्रकार डा रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनले दिवङ्गत हुनुभएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए ।

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुपै्र लेख पत्रपत्रिकामा प्रकाशित छन् । विसं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उहाँको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । ललितकला महाविद्यालयका पूर्वछात्र उनले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुपै्र प्रदर्शनी पनि गर्नुभएको थिए । अविवाहित डा भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याउनुभएको थिए ।

पशुपति आर्यघाटमा उनको आजै दाहसंस्कार गरिएको छ । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपीन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्वसांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्वप्राज्ञ नारदमणि हार्तम्छाली र रवीन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार