सिमलडाँगीमा आगलागी हुँदा २० लाख २५ हजारको क्षति

उज्यालो प्रतिनिधि ४ श्रावण २०७९, बुधबार समाचार

झापा ।  झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ ।झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा रू तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा रू तीन लाख, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै अनावर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रु तीन लाख ५० हजार, इस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रू तीन लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रू चार लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार