प्रधानमन्त्रीलाई वाइसीएलको ज्ञापन : गभर्नरको राजीनामादेखि किसानलाई मल उपलब्ध गराउनेसम्मका माग

उज्यालो प्रतिनिधि ३२ असार २०७९, शनिबार समाचार

काठमाडौ।नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिस्ट लिग ९वाइसीएल० ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयोजक सुमन देवकोटा सहितका नेताहरु पुगेर ज्ञापनपत्र बुझाइएको हो। विभिन्न ७ बुँदे मागसहित वाइसिएलका नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।

राज्यका उच्च निकायमा कार्यरत अधिकारीहरू नै ‘नेपाल श्रीलंका बन्न सक्छ’ भन्ने खालका अत्यन्त नकारात्मक अभिव्यक्ति दिँदै देशमा निरासाको सञ्चार गर्ने र परिस्थिति भड्काउने षडयन्त्रमा भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

संवैधानिक व्यवस्थाको सदढीकरण र संविधान रक्षाको पक्षमा उभिन पनि वाइसिएलले माग गरेको छ।

मुख्यमन्त्री, मन्त्री र राजनीतिक नेताका परिवार र आफन्तका नाममा खडा गरिएका संस्थाहरूका लागि मोटो रकम विनियोजन गरिएको विषयप्रति वाइसिएलले ध्यानाकर्षण गराएको छ।

‘हाम्रो गौरवशाली संगठन बजेटका त्यस्ता प्रावधानहरू खारेज गरी लोकतन्त्रप्रति जनविश्वास बढाउन संघीय सरकार, प्रदेश सरकारहरू र स्थानीय सरकारहरूमा हार्दिक आग्रहका साथ खवरदारी गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

किसानहरूका निम्ति यथाशीघ्र मलबिउ, किटनाशक औषधि र विद्यार्थीहरूका निम्ति पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ।

‘वर्षायाममा आउने बाढी पहिरो, हिउँदको समयमा हुने आगजानी लगायतका कारण प्रत्येक वर्ष सयौं नेपालीले ज्यान गुमाउने गरेका छन्, ठूलो धनजनको क्षति हुने गरेको छ,’ ज्ञापनमा भनिएको छ, ‘नागरिकको सुरक्षा, राष्ट्रिय एवं नागरिक सम्पत्तिको संरक्षण र युवाहरूको सीप एवं क्षमताको अभिवृद्धिका लागि १८ वर्षदेखि ४० वर्षभित्रका सबै नेपाली युवाहरूलाई विपद व्यवस्थापन तालीम दिने व्यवस्थाका निम्ति नेपाल सरकारसमक्ष माग गर्दछौं’

यसअघि गत ३० असारमा वाइसीएलले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध उजुरी दिएको थियो। सो बारेमा पनि छानबिन अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको वाइसीएलले बताएको छ।

कदमकदाचित मागहरू सम्बोधन नभएमा जनतासँग हातेमालो गरी आन्दोलनको मोर्चामार्फत् आफ्ना मागहरू पूरा गर्न बाध्य हुने वाइसीएलले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार