देउखुरी । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुट्टीमा दलित महिला भवनको उद्घाटन गरिएको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले निम्बुखुट्टीमा रहेको नवनिर्मित दलित महिला भवन एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । लमही नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट भवन निर्माणको लागि पहिलो र दोस्रो चरण गरि एघार लाख बजेट विनियोजन गरिएको थियो । उक्ति विनियोजित बजेटबाट दुई कोठे पक्की भवन निर्माण भएको हो ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख जोगराज चौधरीले मनमा रहेको संकुचित विचारहिन भावना छाड्न अनुरोध गर्नुभयो । हामी सबै एउटै घर परिवारको सदस्य रहेको बताउनुभयो । त्यसैले कोही माथि भेदभाव गर्नुहुँदैन, उनले भने । यस्तै कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगिले भवन निर्माण गर्ने क्रममा छुटेका अधुरा कामहरू पूरा गर्न थप बजेट विनियोजन गर्ने बताउनुभयो । महिलाहरूका महिला लक्ष्यित कार्यक्रमलाई अगाडि सारेर नगरपालिकाबाट बजेट बढाएर लगेको उनले बताए ।
लमही नगरपालिका वडा नम्बर ८ का दलित महिला समुहका अध्यक्ष रिमा विकको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि तथा लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगिको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रम स्थानीय समाजसेवी दिगपाल योगि, पुर्व वडाध्यक्ष मेघनारायण चौधरी, देवा परियार लगायतले बोल्नु भएको थियो । दलित महिला समुहकी यामि विकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृति गजमेरले गर्नुभएको थियो ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।