गर्मीले जनजीवन अस्तव्यस्त

उज्यालो प्रतिनिधि ३१ असार २०७९, शुक्रबार समाचार

महोत्तरी ।  मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।

दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउनुहुन्छ । मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उनले बताए। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको डा साहको भनाइ छ ।

अत्यधिक गर्मीका कारण सर्पको बिगबिगी समेत बढेको छ । यही साता बर्दिबास–३ स्थित सर्पदंश उपचार केन्द्र गौरीडाँडामा उपचार लिन आएका दुई सर्पदंशका बिरामीको उपचार सम्भव नभएपछि अन्यत्र पठाउँदा बाटोमै मृत्यु भयो । गर्मीकै कारण लामखुट्टे पनि ह्वात्तै बढेका छन् । ज्वरो, टाइफाइडलगायतका बिरामी बढेको बर्दिबास अस्पतालका चिकित्सक डा किशोर अधिकारी बताए ।

अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार