मोटरसाइकल दुर्घटनामा घाइते गिरीको मृत्यु

उज्यालो प्रतिनिधि ३० असार २०७९, बिहीबार समाचार

दमक ।  मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा पर्नुभएको थिए ।

उनीलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पु¥याएका थिए । टाउकोमा चोट भएको उनको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पु¥याएका थिए । त्यहाँ उपचारका क्रममा गएराति मृत्यु हुनुभएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पर्नुभएकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भईरहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार