मिर्गौला पीडितलाई आर्थिक सहयोग

उज्यालो प्रतिनिधि ३० असार २०७९, बिहीबार समाचार

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् ९युएई० को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् ।

दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिए । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।

आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार