सिन्धुपाल्चोक।पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले मेलम्ची र हेलम्बुको नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् । दुलालले भू तथा जलाधार कार्यालय सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको १ दर्जन भन्दा बढी स्थानमा बनाएको तटबन्ध ग्याबिन जाली गार्हाे र प्लम ढलानको अवलोकन गरेका हुन् । अवलोकन गर्दै उनले भने‘ सम्पूर्ण काम ९० प्रतिशत भन्दा माथी आवश्यकताको आधारमा अति प्रभावकारी रुपले सम्पन्न भएको पाईयो ।’ उक्त कार्याले गर्दा नदी नियन्त्रण, बस्ती र बाटो संरक्षण गर्न मद्दत पुगेको उनको तर्क छ । दुलाल गतबर्षको असार १ र १६ गतेको बाढीमा सोही क्षेत्रमा अहोरात्र राहत तथा उद्दार र बस्ती संरक्षणमा खटेका थिए ।
मेलम्चीका स्थानीय गजेन्द्र श्रेष्ठका अनुसार खोलाले धार परिवर्तन गराएको भएपनि हाल तटबन्धले डर त्रास कम गराई सुरक्षाको वातावरण भएको छ ।
त्यसैगरी हेलम्बु गाउँपालिका चनौटेका रबिन कक्षपतिका अनुसार उक्त स्थानको ९० प्रतिशत बिकाराल अवस्थामा छ । खोला बस्तीमा आएपनि हाल पहिलेकै स्थानमा पुर्याएको उनीहरुको भनाई ।
अनुगमनमा मन्त्री संगै भु तथा जलाधार कार्यालय सिन्धुपाल्चोकका कर्मचारी, पत्रकार र स्थानीयहरु बाक्लो सहभागीता रहेको थिए । उक्त क्षेत्र सरक्षणका निम्ति पुर्वमन्त्री दुलालको विशेष पहलमा आयोजना समेत गठन भैसकेको छ।