श्रीलंका संकटः राष्ट्रपतिले गरे राजीनामा दिएको पुष्टि

उज्यालो प्रतिनिधि २७ असार २०७९, सोमबार विश्व

कोलम्बो । श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन् ।

प्रदर्शनकारीहरूले अझै पनि राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन् । गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले बताएका छन् । तर उनको घोषणाप्रति धेरै प्रदर्शनकारीले शंका व्यक्त गरेका छन् ।

सोमबार प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन ।

श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ । तसर्थ, पत्र पठाएपछि मात्र औपचारिक रुपमा उनले पदबाट राजीनामा दिएको पुष्टि हुनेछ । -एजेन्सी

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार