नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

उज्यालो प्रतिनिधि २७ असार २०७९, सोमबार खेल

काठमाडौँ ।  आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ९सोमबार० सिरिजको पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।

 

नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य छ । लिग टूअघि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो ।

नेपाल उक्त खेलमा पराजित भएको थियो । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । यता नामिबिया पनि आज पहिलो जित निकाल्ने योजनामा हुनेछ । लिग टू को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार