नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै

उज्यालो प्रतिनिधि २६ असार २०७९, आईतवार समाचार

नेपालगञ्ज ।  नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

 

इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरु बताउँछन् । नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकआपसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले जानकारी दिए ।

उनले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ–आफ्नो ढङ्गले नमाज पढ्ने गरेको उल्लेख गरे । उपमहानगरका जयसपुर, परस्पुरलगायतका ठाउँमा इदगाह रहेको छ । नेपालगञ्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार