काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित नेमा लोप्चनको ‘एला गोइलो’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा शब्द निमा दोङको शब्द र संगीतकार सानुबाबु घिसिङले संगीत भरेको उक्त गीतमा गायिका जितु लोप्चन र गायक च्वाईस दोङको आवाज सुन्न सकिन्छ । जोगलाल लामाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले ध्वनी सम्पादन गरेका हुन ।
उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, सन्जिव गोले र रस्मिला लामाले अभिनय गरेका छन् ।