सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि….

उज्यालो प्रतिनिधि २३ असार २०७९, बिहीबार समाचार

काठमाडौँ ।  सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ ।

आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर पिडारीचोकको आठ बिघा बढी सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दिवविक्रम शाहलगायतलाई सात दिनभित्र आयोगमा सम्पर्क राख्न भनेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सार्वजनिक तथा सरकारी जग्गा भोगचलन गरेको भन्ने उजुरीका आधारमा छानबिनका लागि उनीहरुलाई बोलाइएको जानकारी दिए ।

आयोगले दिवविक्रम, विभाकुमारी यादव, राजकिशोर महासेठ, बिमला देवी, विजयकुमार मण्डल, चन्द्रकला कुमारी देवीलगायत २७ जनालाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ । विभिन्न कित्ताको ठूलो परिमाणको सरकारी जग्गा व्यक्तिले भोगचलन गरिरहेको भन्ने उजुरीपछि आयोगले चासो व्यक्त गरेको हो ।

आयोगले मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायणलाल दास, नापी कार्यालय धनुषाका नापी टोली प्रमुख चौमानसिंह थापा र नापी कार्यालय धनुषाका निरीक्षक सीताराम साहलाई पनि सम्पर्कका लागि बोलाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार