चट्याङले विद्युत्गृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

उज्यालो प्रतिनिधि २२ असार २०७९, बुधबार समाचार

गलेश्वर ।  पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पु-याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पु-याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।

चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बगरफाँटमा बाढी पहिराको त्रास

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो ।

विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २१४ परिवारको बसोबास छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार