भलिबल संघको बैठक साउन पहिलो साता

उज्यालो प्रतिनिधि २१ असार २०७९, मंगलवार फोटो समाचार

काठमाडौँ ।  नेपाल भलिबल संघ(एनभीए) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ ।

 

जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ । मनोरञ्जनरमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन । सात प्रदेश र ७७ जिल्लालाई मताधिकारमा समेट्ने उद्देश्य बनाएको संघले १५ असारसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको थियो ।

तर, ६ प्रदेश र ७७ जिल्लाको निर्वाचन सकिँदा पनि बागमती प्रदेशको निर्वाचनमा भने विवाद भएपछि निर्वाचन हुन सकेन । जुन बैठकले यस विवादको समेत समाधान गर्ने विश्वास गरिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार