राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

उज्यालो प्रतिनिधि १५ असार २०७९, बुधबार खेल

चितवन । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो ।

प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो ।

प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार