बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए

उज्यालो प्रतिनिधि १४ असार २०७९, मंगलवार समाचार

नेपालगञ्ज ।  बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेका ७६ हजार २३९ लाई खोप लगाउने लक्ष्य लिइएको थियो तर चार दिनको अभियानमा बाँकेका ९५।५ प्रतिशत अर्थात् ७२ हजार ७८८ बालबालिकाले मात्र खोप लगाएका छन् । यही असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन नौ हजार दुई र चौथो दिन ११ हजार ९४७ जना गरी कूल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

“यो खोप असार १२ गतेसम्म भनिएकामा आवश्यक छुटेका बस्तीका बालबालिकालाई लक्षित गर्दै आवश्यकताअनुसार १४ गते पनि स्थानीय तहमा तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ,” फोकल पर्सनसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका आठ पालिकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो ।

यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो । कोहलपुर र बैजनाथमा शत्प्रतिशत खोप लगाइएको छ । बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह चार लाख एक हजार ७९९ मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको सङ्ख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको सङ्ख्या ७१.६ प्रतिशत रहेको छ ।

बुस्टरको मात्रा लगाउनेको सङ्ख्या भने १८.२२ प्रतिशत मात्रै रहेको छ । कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले शत्प्रतिशत खोप लगाएका छन् । कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकाका आठ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल आठ हजार ३९१ जनाले खोप लगाएका छन् । यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र बिदामा घर आएका बालबालिकासमेत भेटिएकाले उनीहरूलाई पनि खोप लगाइएकाले लक्ष्यभन्दा बढीले खोप लगाएका हुन् । खोप अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । यहाँ कूल नौ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको तर कूल सात हजार २७ जना बालबालिकाले खोप लगाएका छन् ।

खजुरा गाउँपालिकाको खोप प्रगति ७६.९ प्रतिशत छ । यहाँ आठ हजार २२४ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै जानकी गाउँपालिकाको खोप प्रगति ६४.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर जानकीका चार हजार ९४ जना बालबालिकाले खोप लगाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको खोप प्रगति ७६.७ प्रतिशत रहेको छ । नेपालगञ्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १५ हजार ५२२ ले मात्र खोप लगाएका छन् । खोप अभियानअन्तर्गत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९।३ प्रतिशत रहेको छ । यहाँ कूल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल चार हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२।२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर यहाँका कूल तीन हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार