सप्तरीमा चाेरि मुद्दाका तीन आरोपित पक्राउ

उज्यालो प्रतिनिधि १३ असार २०७९, सोमबार २ नं. प्रदेश

सप्तरी । चाेरि मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर उ.म.न.पा.वडा नं. ५ का ३३ बर्षिय राम कुमार यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सप्तरीको तेर्हौता गा.बि.स.वडा नं.६ को २६ बर्षिय राज कुमार चौधरी समेत भएको गत मिति २०७०।११।०३ गते ना.४ ख.९१०४ नं.को ट्रक जिल्ला सप्तरी तेरहौता गा.बि.स.वडा नं.४ स्थितमा अनियन्त्रित भई पल्टीदा उक्त ट्रकमा लोड भएको प्लाईउडहरु चोरी गरेको थियो ।

सोही चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको मिति २०७१।०७।१७ गतेको फैसलाले प्रतिवादीहरु राज कुमार चौधरी , गोबिन्द चौधरी र दिलिप सदालाई जनही १ महिना कैद र जरिवाना जनही रु.४४०८।– ठहर भई फरार रहेकोमा तिनै जनालाई खोजतलासको क्रममा आईतवार १२ गते गाउँ घरमा नै फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा तिनै जनालाई कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका प्रतिवादीहरु मध्ये चालु आ.ब.२०७८।०७९ श्रावन देखि हाल सम्म ३६८ जना प्रतिवादीहरु पक्राउ गरी अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जनाकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार