जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

उज्यालो प्रतिनिधि १२ असार २०७९, आईतवार समाचार

काठमाडौँ ।  सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उनले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्यकाल सकिएको र निर्माण हुन बाँकी अस्पताल, विद्यालय, सम्पदाजस्ता भवनको निर्माण कार्य सम्बन्धित मन्त्रालयले लिएको र निजी आवासको माग गर्नेका लागि सरकारका अन्य कार्यक्रमबाट सहयोग लिन सकिने बताएकी हुन् ।

संविधानको मौलिक हकका रुपमा रहेको आवासको सुविधा र सहरका लागि बस्नलायक सौन्दर्यीकरण गर्नुपर्ने दायित्व सरकारको भएकाले यसका लागि लगानी र निरन्तर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले सोका लागि स्थानीय तहले ढल, फोहरमैला र सांस्कृतिक संरक्षणका लागि काम गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार