नदीमा माछाको प्रजनन क्षमतामा ह्रास आउँदै राप्ती नदीमा महाजाल, विस्फोटक पदार्थ, करेन्ट लगाउने कार्यगर्दा पनि स्थानीय सरकार मौन

शिवु खनाल १२ असार २०७९, आईतवार फोटो समाचार

देउखुरी । राप्ती नदीमा अवैध रुपमा माछा मार्नेको संख्या दिनहु बढेको पाईएको छ । नदिमा विभिन्न ठाँउबाट आएर माछा मार्नेको संख्या दैनिक आवतजावत बढेको स्थानिय बताए । विशेषगरी पूर्वको सिराहा, सप्तरी, विराटनगर विरगञ्ज लगायतका जिल्लाबाट माझीँ समुदाय आएर माछा मार्नेको संख्या दिनहु बढेको पाईएको छ । ठूलो संख्यामा उनिहरु माछा मार्न भनेर देउखुरीको भालुवाङ्, लमही, सतवरिया, रिहार, अमिलिया लगायतका विभिन्न ठाउँमा कोठा भाडााँमा लिएर बसेका छन् । दैनिक रुपमा ठुलो संख्यामा मानिस जम्मा हुने र महाजालको प्रयोग गरेर माछा मार्नेहरु आवतजावत गर्ने भिड बढेको स्थानीयहरुले बताउनुहुन्छ । यसरी बाहिरबाट समेत आएर राप्ती नदीमा महाजाल, विस्फोटक पदार्थ पड्काउने, विष हाल्ने, करेन्ट लगाएर माछा मार्ने जस्ता कार्य गर्दा पनि स्थानीय सरकार मौन रहेको अनुसन्धानकर्ता उदयराज आलेले बताए।

No description available.

दिउँसोमा महाजालको प्रयोग गर्ने र रातिमा बम समेत पडकाएर माछा मार्ने गरेको र बालबालिका त्रसित बन्दापनि सम्बन्धित निकाय मौन बस्दै कुनै ध्यान नगएको उनले बताए । माछा मार्ने समुहले ठूलाबडालाई किलोको दरले माछा छुट्याउने गरेको पनि स्थानियहरुले बताउनुहुन्छ । बाहिरबाट समेत माछा मर्नेको संख्या गाडी चढेर, मोटरसाईकलको हुल आउँदा देउखुरी क्षेत्रमा रहेका प्रहरी कार्यालयहरुले चेक जाँच नगरी आउन जान दिँदा कतै प्रहरीकै मिलेमतोमा यस्तो कार्य भएको त हैन, भन्ने स्थानीयको बुझाई छ । यसरी माछा मार्नेको संख्या आवात जावत गर्दा कतै अन्य घटना बढ्न वा हुनसक्ने हो कि भनेर पनि स्थानीय डराइरहेका छन् । माछा मार्ने समुहका एक जनासंग स्थानियले सोधपुछ गर्दा भने यहाँका ठूलाबडालाई दैनिक माछा दिने सर्तमा माछा मार्ने गरेको बताएको एक स्थानीय व्याक्तिले बताउनुभयो । दैनिकि रुपमा महाजाल, विस्फोटक पदार्थ पड्काउने, विष हाल्ने, करेन्ट लगाएर माछा मार्ने जस्ता कार्य गरेर राप्ती नदीबाट मनपरी माछा झिक्दा समेत स्थानीय पालिकाहरु मौन बसेको पाइएको छ ।

माछा मार्नेको संख्या बढ्नु, खोलामा विष हाल्नु, करेन्ट लगाउनु लगायत कारणले राप्ती नदीमा माछाको संख्या न्यून भएको अनुसन्धानकर्ता उदयराज आलेको बुझाइ छ । विगतमा प्रशस्त हुने माछा अहिले फाट्टफुट्ट मात्र पाइने बुझिएको छ । स्थानीयले ब्याट्री, तार, जेनेरेटर लगायत साधनको प्रयोग गरी अवैध रूपमा माछा मार्दै आए पनि स्थानीय सरकार मौन छ । खोलामा करेन्ट लगाउँदा माछाको प्रजनन क्षमता हराउनुका साथै वृद्धि विकासमा अवरोध आएको अनुसन्धानकर्ता उदयराज आलेले बताउनुभयो । नदीमा करेन्ट लगाएर माछा मार्ने कार्यमा प्रतिबन्ध लगाइएको छ तर, अवैध तरिकाबाट माछा मार्ने प्रवृत्ति बढ्दो छ, अनुसन्धानकर्ता आलेले भन्नुभयो,–। ‘जसका कारण जलचरको संख्या घटिरहेको छ । कतिपय खोलामा विषादीको प्रयोग गरेर पनि माछा मारेको खुल्न आएको छ । तर, यस्ता कार्यलाई निरुत्साहन गर्न अनुगमन गर्न कुनै नीति तयारी नभएको बुझिएको छ ।’

यता डिभिजन वन कार्यालयका फरिष्टर चिरञ्जिबी खनालले बाहिरबाट आएर राप्ती नदीमा माछा मार्नेहरुको संख्यामा वृद्धि भएको जानकारी दिए । उनले यसरी नदीमा मनपरी तरिकाले महाजाल, विस्फोटक पदार्थ पड्काउने, विष हाल्ने, करेन्ट लगाएर माछा मार्ने जस्ता कार्य गर्दा नदीमा भएका माछा भुरा, अण्डा मर्ने र अर्को पुस्ता आउनेमा ह्रास हुने असर देखिएको बताए। उनले भने, ‘त्यस्ता अनैतिक कार्यले गर्दा नदीमा भएका अन्य गोही, कछुवा लगायत जलचरकमा निकै असर पुग्छ । माछाले एक ठाउँबाट अर्का ठाउँमा बसाइसराई पनि गर्छन् । जस्ले गर्दा जलिय विविधितामा समेत असर पुग्छ । यसले क्षेती हुन्छ, फाइदा केही हुदैँन ।’

पछिल्लो समय यता राप्ती नदीमा विभिन्न किसिमका उपकरणहरुको प्रयोग गरेर माछा मार्दा पूर्णरुपमा लोप हुदैँछन् । स्थानीय निकायले संरक्षणको लागि कुनै पनि पहल गरेको देखिदैन । स्थानीय निकायले पहल गरेर यस्ता कार्यलाई नियन्त्रण गर्न जरुरी देखिन्छ । पानीमा पाइने प्रजाती लोप हुदै गएको छ । जस्ले गर्दा प्राकृतिक सन्तुलनमा प्रत्येक्ष असर पुग्ने गरेको जानकारहरु बताउछन् । माछा मार्न थालेपछि जलचरहरुलाई संरक्षण गर्ने उद्देश्य कुनै स्थानीय तहले देखाउन सकेको छैनन् । माछा मार्नेहरुको संख्यामा वृद्धि भएपछि राप्तीमा माछाहरु लोभ हुन थालेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार