रुसले बेलारुसलाई परमाणु क्षमता भएको क्षेप्यास्त्र दिने

उज्यालो प्रतिनिधि १२ असार २०७९, आईतवार विश्व

काठमाडौँ ।  रुसले बेलारुसलाई परमाणु क्षमता भएको छोटो दुरीको क्षेप्यास्त्र प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । उनले ‘इस्कान्डेर–एम’ सिस्टमले ‘बालिस्टिक र क्रुज मिसाइल पारम्परिक र परमाणु क्षमतासहित’ प्रहार गर्न सक्ने बताए । यसको दायरा ५ सय किलोमिटर रहेको बताइएको छ ।

 

गत फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमा राष्ट्रहरूबीच तनाव बढ्दो छ । त्यसयता पुटिनले परमाणु हतियारबारे धेरै पटक चर्चा गरेका छन् । यसलाई पश्चिम राष्ट्रहरुलाई हस्तक्षेप नगर्न चेतावनीको रूपमा व्याख्या गरिएको छ । सेन्ट पिटर्सबर्गमा बोल्दै पुटिनले बेलारुसको एसयू–२५ युद्धविमानहरुलाई परिष्कृत गरेर परमाणु हतियार बोक्ने क्षमताको बताउन मद्दत गर्ने बताएका छन् ।

उता शनिबार रुसी सेनाले युक्रेनको पूर्वी सहर सेभेरोडोनेस्कलाई पूर्णरुपमा कब्जा गरेको छ । यो सहर कब्जा गरेसँगै रुसले लुहान्सक क्षेत्रको प्राय सबै क्षेत्र तथा डोनेस्कको धेरै क्षेत्रमा नियन्त्रण बनाएको छ । यो दुई क्षेत्रले ठूलो औद्योगिक क्षेत्र डोनबास बन्दछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार