युनाइटेड छाडेर चेल्सी जाँदै रोनाल्डो ?

उज्यालो प्रतिनिधि १२ असार २०७९, आईतवार खेल

काठमाडौँ ।  म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वी क्लब चेल्सी जाने चर्चा चलेको छ । तर, युनाइटेडले भने उनी आगामी सिजन क्लबमा नै रहने विश्वास व्यक्त गरेको छ ।

 

पोर्चुगिज फरवार्डका एजेन्ट जोर्ज मेन्डेजले गत हप्ता चेल्सीका अध्यक्ष टोड बोहेलीसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच रोनाल्डोको विषयमा पनि छलफल भएको बताइएको छ । युनाइटेडले भने मेन्डेज अन्य खेलाडीको पनि एजेन्ट रहेकाले सो भेट स्वाभाविक भएको जिकिर गरेको छ । क्लबले ३७ वर्षीय खेलाडी बिक्रीमा नरहेको स्पष्ट पनि पारेको छ ।

५ पटकको बालोन डि’ओर विजेता खेलाडी र युनाइटेडबीच अझै एक वर्षको करार बाँकी रहेको छ । उनी नयाँ प्रशिक्षक एरिक टेन ह्यागको टोलीमा प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको छ ।

गत सिजन युनाइटेडले खराब प्रदर्शन गर्दा रोनाल्डोको भने आलोचना भएको थिएन । यद्यपि, प्रिमियर लिगको गोल्डन बुटको सूचीमा उनी १८ गोलसहित तेस्रो स्थानमा सिमित बनेका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार