सैनिक कार्गाे जहाज दुर्घटना हुँदा चारको मृत्यु

उज्यालो प्रतिनिधि १० असार २०७९, शुक्रबार विश्व

एजेन्सी ।  एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो ।

यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ ।

सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो । त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन् ।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पु(याइएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार