विवादित एसएसपीलाई सरकारको ‘डिआइजी’ पुरस्कार !

काठमाडौं । पटकपटक विभिन्न काण्ड मच्चाउदै हिड्ने एसएसपी अशोक सिंहसहित १७ जना प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा सिफारिस समितिले रिक्त डिआइजी पदको लागि सिफारिस गर्ने निर्णय गरेको हो । कार्यविभागमा रहेका अशोक सिंह, काठमाडौं उपत्यका अनुसन्धान कार्यालय प्रमुख बसन्त बहादुर कुँवर, मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, वृत्त विकास महाशाखाका दिपक थापा, विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवाली सहित १७ जनााई बढुवाको सिफारिस भएका छन् ।

कहिले जुवाको खालमा हराएको चेकको लोभमा फसेको, कहिले बलात्कार जस्तो गम्भीर अपराध मिलापत्र गर्न दबाब दिएको, पाकिस्तानी दूतावासको दानापानी खाएको, काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालसंग अनुचित फाइदा लिएको, बढुवाको लाइन मिलाउन प्रहरी संगठनको आचारण विपरीत काम गरेको, आफ्नो प्रोफाइल बनाउने नाममा सर्वसाधारणलाई जथाभावी पक्राउ गरेको र राजनीतिक दबाबमा र आर्थिक प्रलोभनमा अपराधीको संरक्षण गर्ने गरेको आरोप लाग्दै आएका सिंह प्रधानमन्त्री कार्यालयको ठाडो आदेशमा बढुवाको लागि सिफारिस भएको स्रोतले बताए ।

विगतमा दरबारसंग नजिक रहेका सिंह पछि एउटै क्षेत्रको भएको कारण प्रधानमन्त्री शेर बहादुर देउवासंग नजिक छन् । प्रधानमन्त्री देउवाको श्रीमती आरजु राणा देउवासंग समेत नजिकको सम्बन्ध रहेको कारण जुवाखालको चेक प्रकरणमा डिआइजी राजेशलाल कर्ण नेतृत्वको समितिले छानबिनको क्रममा सिंहको गलत मनसाय देखिएको रिपोर्ट दिएर कारबाहीको लागि सिफारिस गर्दा कारबाही नभइ उल्टो डिआइजी पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

के थियो घट्ना ?

गृह मन्त्रालयमा काठमाडौं बिजुलीबजार घर भएका राजकुमार बरालले आफ्नो जुवाको खालबाट चोरी भएको चेकको पैसा दिनलाई एसएसपी सिंहले दबाब दिएको निवेदन परेपछि त्यसै निवेदनको आधारमा केही समय अगाडि कारबाही गर्न सिफारिस गरेका थिए ।

आरुबारीका सुभाष भेटवाल लगायतका पीडित भनिएका राजकुमार बराल नयाँ बानेश्वरस्थित एक कार्यालयमा मदिरा पिउँदै जुवा खेलीरहेको अवस्थामा बैंक अफ काठमाडौं कमलादी शाखाको चेकको ७/८ वटा पाना हराएको थाहा पाएपछि उनले भोलीपल्ट नै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा चेक हराएको उजुरी दिएका थिए ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले चेक नभेटिएको जानकारी गराए भने महानगरीय प्रहरी परिसर टेकुले भने पीडित बराललाई बोलाए । त्यहाँ हराएको भनिएको ७ वटा चेक संगै जुवा खेलेका सुभाष भेटवालले ल्याएर आए ।

सो चेकहरुमा २ करोड २९ लाख रकम भरिएको थियो । भेटवालले ‘बरालले आफुलाई जुवा खेल्दा खाली चेक दिएको र रकम भरेको’ प्रहरीसामु बताएका थिए । डिएसपी नरेन्द्र चन्दले पीडित बरालको हस्ताक्षर लिएर पछि बोलाउँला अहिले जानू भनि पठाए । बयानको क्रममा डिएसपी चन्दले ‘ प्रहरीले तास खेलेको सीसीटीभी फुटेज, घट्नस्थल मुचुल्का लगायतका प्रमाण समेत संकलन गरेको’ बताएका थिए ।

तर पुनः दोस्रो पटक टेकुमा बोलाए आएको पीडित बराललाई एसएसपी अशोक सिंहले अश्लिल गाली गलौच र धम्की दिँदै तुरुन्त पैसा तिर्न भनेपछि उनी छाँगाबाट खसे जस्तै भएको बरालले गृह मन्त्रालयमा लेखिएको निवेदनमा उल्लेख छ ।

‘अश्लिल गालीगलौच र धम्की दिँदै पैसा तुरुन्त तिर होइन भनौ तँ व्यवसायी गर्ने मान्छे भएकाले तेरो कमीकमजोरी धेरै हुन्छन्, तँलाई कुनै केसमा फसाई दिन्छु भनि दिएको बताए । साथै उनलाई केही घन्टा हिरासतमा लिएर थुनामा समेत राखेका थिए ।

एसएसपी सिंहलाई सरुवा भएर जाने अन्तिम दिन पुस २ गते सुभाष भेटवाललाई ७ वटा चेक फिर्ता दिएर गएको र त्यो कुरा बरालले पुस ६ गते चेक बाउन्स भएकाले थाहा भएको बताएका छन् ।

एसएसपी सिंहले छलफल समेत नगरी रमाना बुझ्ने दिन भेटवाललाई बोलाएर सुटुक्क चेक दिने कार्य गर्नुपर्नेले बदनियत प्रमाणित भएको भन्दै यस विषय विशेष अनुसन्धान टोली गठन गरि छानबिन गर्न र भेटवाललाई कारबाही गर्न भन्दै बरालले निवेदन दिएका थिए ।

सोही अनुरुपमा प्रहरी प्रधान कार्यालयले डिआईजी राजेश लाल कर्णाको नेतृत्वमा उक्त चेक प्रकरणको छानबिन गर्दा एसएसपी अशोक सिंहको नियत खराब देखिएपछि उनलाई कारबाहीको लागि सिफारिस गरेका थिए तर उक्त कारबाहीलाई प्रभाव हुनेगरी प्रधानमन्त्री कार्यालयबाट दबाब आएपछि कारबाही नभए डिआईजी पदमा बढुवा भएपछि सबैजना चकित भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार