स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना

उज्यालो प्रतिनिधि ९ असार २०७९, बिहीबार समाचार

काठमाडौँ ।  आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न लागेको हो ।

कामपाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगर्नेलाई रु ५०० जरिवाना गर्ने चेतावनी दिएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।

“यसअघि सबै किसिमको फोहर एउटै भाँडामा राख्ने शैली भएकाले नागरिकलाई बानी छैन त्यसैले अहिले देखिनै बानी पार्नका लागि कामपाले सम्झाएको हो”, प्रमुख राईले भन्नुभयो । कामपा, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको छ । ३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमानै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुवात भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन सकेको थिएन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार