बेललाई भित्र्याउने कार्डिफ सिटीको प्रयास

उज्यालो प्रतिनिधि ९ असार २०७९, बिहीबार खेल

काठमाडौँ ।  गेराथ बेललाई भित्र्याउन कार्डिफ सिटीले उनका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको छ । रियल म्याड्रिड छाडेपछि ३२ वर्षीय बेल हाल फ्रि–ट्रान्सफरमा उपलब्ध छन् । बेलका प्रतिनिधिहरूले कार्डिफका अध्यक्ष मेहमत डालम्यानसँग छलफल गरिरहेको पुष्टि गरेका छन् ।

 

यद्यपि, दुई पक्षबीच सम्झौता भने भइसकेको छैन । बेलका प्रतिनिधिहरू अन्य क्लबसँग पनि छलफलमा रहेका छन् । पाँच पटकका च्याम्पियन्स लिग विजेता बेल अमेरिकाको मेजर लिग सकरमा जाने तथा टोटनह्याम फर्कने चर्चा पनि रहेको छ । कार्डिफमा जन्मेर त्यहीँ हुर्केका बेल हाल वेल्सलाई विश्वकपमा सफलता दिलाउन केन्द्रित रहेका छन् । कार्डिफ र वेल्स फुटबल एसोसिएसनको ट्रेनिङ ग्राउन्ड एउटै रहेकाले बेल उनीहरूसँग नजिक रहेर काम गर्न पाइरहेका छन् ।

तर सन् २०१३ मा विश्व कीर्तिमानी ८।५ करोड पाउन्डमा रियल म्याड्रिडसँग अनुबन्ध गरेका बेल च्याम्पियनसिप टोलीसँग आबद्ध हुन्छन् भन्नेमा धेरैले आशङ्का व्यक्त गरेका छन् । बेलले रियलमा एक हप्तामा ६ लाख पाउन्ड कमाउँथे जुन कार्डिफको पुरै टोलीले एक हप्तामा कमाउनेभन्दा बढी हो ।
बीबीसी

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार