काठमाडौँ । मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्ध विच्छेद गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
९१ वर्षमा मर्डोकको यो चौथो सम्बन्धविच्छेद हुनेछ । ६५ वर्षकी हल यस अघि रोलिङ स्टोन्स फ्रन्टमैन मिक जागर सँग विवाहित थिइन् ।मर्डोक र हलले सन् २०१६ मा सेन्ट्रल लण्डनमा विवाह गरेका थिए । उनीहरुका प्रतिनिधिले यसबारे प्रतिक्रिया दिन बाँकी नै छ ।
न्युयोर्क टाइम्सका अनुसार उनीहरूको सम्बन्धविच्छेदको खबर परिवारका नजिकका सदस्यहरूलाई अचम्मित तुल्याएको छ ।न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले स्रोत नखुलाइकन सम्बन्धविच्छेदको जानकारी दिएका हुन् ।मर्डोकको न्युज कर्पोरेशन साम्राज्यले अमेरिकाको फक्स न्यूज र वाल स्ट्रीट जर्नल, र बेलायतको द सन र द टाइम्स लगायतका प्रमुख आउटलेटहरू नियन्त्रण गर्दछ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।