सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

उज्यालो प्रतिनिधि ९ असार २०७९, बिहीबार समाचार

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिए ।

सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली छन ।

यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार