अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै

उज्यालो प्रतिनिधि ८ असार २०७९, बुधबार प्रविधि

काठमाडौँ ।  नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक हुने भएको छ । नेपालका लागि अनर को आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७्रएक्स८्रएक्स९ बाजारमा ल्याउन लागेको हो ।

 

अनर एक्स७ मा ५ हजार एमएच ब्याट्री रहेको छ । यसले प्रयोगकर्ताहरूलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ। अनर एक्स७ ४७ डिग्री कर्भका साथ डिजाइन गरिएको छ । यो केवल  8.62mm  पातलो छ भने यसमा ६.७४ इन्चको अनर फुलभ्यू लिक्विड क्रिस्टल डिस्प्ले रहेको छ । अनर एक्स७ क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो  (4GB+2GB) पनि छ ।

फोनमा ४८ मेगापिक्सलको मेन क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र २ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा समावेश गरी बलियो क्वाड क्यामेरा रहेको छ ।

अनर एक्स८ अविश्वसनीय रूपमा पातलो र स्टाइलिश अनर एक्स८ अल्ट्रा स्लिम र हल्का वजनको साथ डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो केवल ७.४५ एमएम मोटो र १७७ ग्राम तौल भएको छ । अनर एक्स८ ले ६.७ इन्चको अनर फुलभ्यू डिस्प्लेको प्रदान गर्दछ। स्क्रिन रिजोल्युसन द्दघडडहज्ञण्डण् पिक्सेल छ । यसमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा, ५ मेगापिक्सलको वाइड एंगल क्यामेरा, २ मेगापिक्सलको सेन्सिङ म्याक्रो क्यामेरा र ५ मेगापिक्सलको सेन्सिङ बोकेह क्यामेरा जडान छ । यो पनि क्वालकम स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ ।

अनर एक्स९मा 4800mAh को लामो समयसम्म चल्ने ब्याट्री छ । यसको सुपरचार्ज टेक्नोलोजीले जसले केवल ज्ञछ मिनेटमा  48%  र घण् मिनेटमा 80%  चार्ज गर्न सक्छ । स्नाप ड्रागन ६८० प्ल्याटफर्मद्वारा सञ्चालित छ । यसमा र्‍याम टर्बो (8GB + 2GB)रहेको छ । जुनको तेस्रो सातादेखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार